हेटौंडा । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र काटेको छ । पत्रमा लेखकलाई आयोगमै ७ दिनभित्र उपस्थित भएर बयान दिन भनिएको छ ।
आयोगले आन्दोलनका समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेकाको बयान सकेपछि राजनीतिक नेतृत्वको बयान लिने प्रक्रिया सुरु गरेको हो । यसैका लागि तत्कालीन गृहमन्त्री लेखकलाई पत्र पठाइएको हो भने तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पत्र पठाउने तयारी रहेको आयोगले जनाएको छ ।
सरकारका तर्फबाट भने २३ र २४ भदौको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भई काम भइरहेको छ ।
सेयर गर्नुहोस्


















