हेटौंडा । आज विश्व अटिजम सचेतना दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि प्रत्येक वर्ष अप्रिल २ तारेखमा अटिजम सचेतना दिवस मनाउन थालेको हो । अटिजम भएकाहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड यो दिवस मनाउन थालेको हो ।
अटिजम भएका बालबालीकाको बोल्ने र सोच्ने शैली फरक हुन्छ । यो मस्तिष्क विकाससँग सम्बन्धित छ। पछिलो समय नेपालमा अटिजम भएका बालबालिकाहरूको संख्या बढ्दै जान थालेको छ ।
राष्ट्रसंघले अटिजम भएका हरेक व्यक्तिको योगदान र अधिकारलाई सम्मान गर्ने सन्देश प्रवाहका निम्ति यस वर्ष यो दिवस मनाउन सदस्य राष्ट्रसँग अनुरोध गरेको छ । यसै अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले मानवअधिकार र मौलिक स्वतन्त्रताको पूर्ण कार्यान्वयनलाई प्रवर्द्धन गर्दै अटिजम भएकाहरूको समाजमा समान सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।






















