आइतबार सुनको मूल्य घट्यो

हेटौंडा टुडे
२०८३ बैशाख २०, आईतवार ११:३२ गते

हेटौंडा ।  नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  चाँदीको मूल्य भने वृद्धि भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम गरिएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य ओरालो लाग्दा चाँदीको मूल्यमा भने बढोत्तरी देखिएको छ। शुक्रबार प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*