हेटौंडा। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार आठ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५० रुपैयाँले घटेर तोलामा चार हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सोमबार चाँदी तोलामा पाँच हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।
सेयर गर्नुहोस्
















