हेटौंडा। सोमबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । सुनको मूल्य प्रतितोला ८ सय बढ्दा चाँदीको मूल्य २० रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला ५ हजार ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्






















