हेटौंडा। जेन–जी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । आयोगले गत २३ र २४ भदौको घटनामा मानवअधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदन बुधबार सार्वजनिक गरेकाे हाे । आयोगले ‘जेन–जी’ आन्दोलनको अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ ।
‘गत २३ र २४ भदौ २०८२ को जेन–जी आन्दोलनको क्रममा भएका मानवअधिकारको उल्लंघनका सम्बन्धमा आयोगको मिति २०८३/२/१२ गतेको बैठकले निर्णय/सिफारिस गरी सिफारिस कार्यान्वयन गर्न सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । यसअघि घटनाको अनुसन्धान गर्न आयोगद्बारा गठित समितिले अनुसन्धान सम्पन्न गरी आयोगलाई प्रतिवेदन पेस गरेको थियो,’ विज्ञप्तिमा भनिएकाे छ ।
घटना अनुसन्धान गर्न आयोगद्वारा गठित समितिले यसअघि कार्यालयमा प्रतिवेदन पेस गरेको थियो ।
आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ।, ‘२४ भदौको घटना सुनियोजित भएको पनि व्याख्या पनि गरेको छ । उक्त दिन एकै समयमा एकै खालको घटना देखिनुले अगाडि नै गरिएको पूर्वयोजना अनुसार संगठित रुपमा गरिएको आपराधिक कार्य हुन भन्नेमा अनुसन्धान प्रतिवेदनको रायलाई अन्यथा भनि रहनु पर्ने अवस्था देखिएन । आयोगले प्रतिवेदनमा भनेको छ, ‘उक्त दिनका प्राय सबै घटनालाई आपराधिक गतिविधिद्दकिो रुपमा हेरि र सम्बोधन गर्नुपर्ने देखियो ।’






















