एकैदिन ५५ सयले घट्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८३ जेष्ठ १४, बिहीबार ११:१४ गते

हेटौंडा। नेपाली बजारमा बिहीबार सुनको मूल्य ५ हजार ५ सय रुपैयाँले घटेको छ ।

यस दिन सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि २ सय १५ रुपैयाँ घटेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*