हेटौंडामा चोरी घटनामा संलग्न दुई जना पक्राउ

हेटौंडा टुडे
२०८३ जेष्ठ १४, बिहीबार १३:४७ गते

हेटौंडा । मकवानपुर प्रहरीले चोरी घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जेठ १३ गते राति करिब ३:३० बजे हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरा चोक क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–८ बुढीचौर घर भई हाल हेटौंडा–७ कमानेमा डेरा गरी बस्ने २३ वर्षीय चुडामणी खड्का र २१ वर्षीय टेकबहादुर खड्का रहेका छन् ।

प्रहरीले उनीहरुको शरीर तथा झोलाको खानतलासी गर्दा सुनजस्तो देखिने पहेंलो धातुको दुई थान चुरा, एक थान औंठी, दुई थान झुम्का, एउटा बोल्टकटर, चार थान घडी, सुन राख्ने एउटा डब्बा र नगद ४ हजार ११५ रुपैयाँ बरामद गरेको जनाएको छ ।
दुवै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
May be an image of tool bag, lighter and text

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*