बागमती प्रदेश सरकारबाट मकवानपुरका २ पत्रकार पुरस्कृत

हेटौंडा टुडे
२०८३ जेष्ठ १५, शुक्रबार १३:४६ गते

हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा उनीहरूलाई  पुरस्कार प्रदान गरिएको हो ।
प्रदेश प्रमुख दिपक देवकोटा र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खोज पत्रकारिता पुरस्कारबाट नयाँ पत्रीकाका पोष्टराज अधिकारी (कुमार), विकास पत्रकारिता पुरस्कारबाट सुनिता विष्ट, सुशासन पत्रकारिता पुरस्कारबाट रामेछापका युवराज श्रेष्ठ र संघीयता संस्थागत पुरस्कारबाट ललितपुरका रामहरी कार्कीलाई पुरस्कृत गरेका छन् ।
पुरस्कारको राशी जनही ५० हजार नगद र सम्मानपत्र रहेको छ ।

May be an image of one or more people and text

May be an image of one or more people, dais and text

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*