कस्ले गर्यो जेनिथ स्कुलको बसमा आगजनी ?(भिडियोसहित)

हेटौंडा टुडे
२०७६ माघ १९, आईतवार १५:४० गते

 माघ १८ , हेटौँडा /मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ मा रहेको जेनिथ इन्टरनेशनल स्कूलको दुईबटा बसमा आगजनि भएको छ ।बसमा शनिबार बेलुका अज्ञात समुहले आगो लगाइदिएका छन् ।  स्कुलको कम्पाण्डभित्र रहेको बसमा अज्ञात समुहले आगजनी गरेपछि दुबै बसमा क्षति पुगेको छ । बेलुका करिब ९ बजे ना ७ ख ८७२८ र ना १ क ३२१८ नम्बरको बसमा आगजनी भएको हो । स्थानीयले सो आगो लागेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

https://www.facebook.com/104296287587972/videos/613116202597079/

 बसमा आगो लगाउने २ जना को हो ?

कलेजको बसमा आगो लगाउँदै गरेको अवस्थाको भिडियो बाहिरिएको छ । कलेजमा रहेको सीसी क्यामेराले उक्त बसमा आगजानी गरेको दृश्य कैद गरेको छ ।

भिडियोमा २ जना व्यक्तिले बसमा आगो लगाएको देख्न सकिन्छ । बसमा आगो सल्किएपछि उनीहरु त्याहाँबाट भागेको भिडियोमा देख्न सकिन्छ । बसमा अगो लगाउनेहरु को हुन भन्ने बारे भने खुलिसकेको छैन । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

यसरी भागे २ जना व्यक्ति हेर्नुहोस् भिडियो

https://www.facebook.com/104296287587972/videos/576877126227497/

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*