आज मिति २०७६ चैत्र २४ गते , हेर्नुहोस आजको राशिफल

हेटौडा टुडे
२४ चैत्र २०७६, सोमबार ०८:०८

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । नयाँ कार्यको योजनाले आत्मिक सन्तुष्टि मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) मानशीक चिन्ता बढ्ने र मनमा सङ्का उत्पन्न रहला । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, खानपानमा ध्यान दिनुहोला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ । पुनर्मिलनको योगपनि रहेको छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) आज सामाजिक प्रतिष्ठा कमाउने बेलाछ । नाम कमाउन अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सङ्गीतमा रुचि बढ्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) बोलीले रुलाई प्रभावित पारेर काम बन्नसक्छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दुरदराजमा रहेका आफन्तसँग कुराकानी हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । वैदेशिक क्षेत्र कमजोर नै हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) नयाँ कार्य योजनाबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला । साथीभाइबाट हौसला मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पारिवारिक सद्भाव बढ्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जन क्रियाकलापमा सहभागीता भइएला । नजिकैका व्यक्तिहरूबाट सहयोग मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ । स्मरणशक्ती कमजोर राहनाले समस्या आउन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मानपरेका परिकार खान पाईनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक मायाँ र सद्भाव बढ्नेछ । राजनैतिक र परोपकारमा सफलता मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*