गढी गाउपलिकाद्धारा ४२ वटा च्याफ कटर बित्तरण

हेटौडा टुडे
२२ असार २०७७, सोमबार ०८:३५

असार २२ , हेटौंडा

मकवानपुरगढी गाउपलिकाले व्यबसायिक रुपमा पशुपालन प्रबर्दन गर्ने किसानहरुलाई सहयोग पुर्याउन हेतुले  पलिकाको तर्फबाट अनुदानमा ४२ वटा च्याफ कटर   किसानहरुलाई आईतबार वितरण गरेको छ । गढि गाउपालिकाको  आफ्नो बार्षिक कार्यक्रम अन्र्तगत आठ ओटा वडाहरुका ब्यबसायिक किसानहरुलाई गाउपालिकाका अध्यक्ष बिदुर हुमागाई र पालिकाका प्रमुख प्रसासकिय अधिकृत राजकुमार पुडासैनिले  संयुक्त रुपमा बितरण गर्नु भएको हो ।

गाउ पालिकाले १५ लाख ८८ हजार २ सयमा गरको टेन्डरमा  १४ लाख २५ हजारमा टेन्डर हेटौडा सप्लायर्स पारेको थियो । करिब ६० प्रतिसत अनुदानमा  गाउपालिकाले २० हजार र  किसानहरुले उक्त च्याफ कटर पाउनका लागि १५ हजार लगानि गरेर मेसिन प्राप्त गरेका हुन  ।ब्यबसायिक रुपमा पसुपालन गर्ने कृषकहरुको लागि बिशेष गरि गाई भैसि बाख्रा लाई आहारामा खास पात दिन सजिलो हुने भएकाले उक्त मेसिन बितरण गरिएको मकवानपुगढि गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत राजकुमार पुडासैनि हेटौंडा टुडेलाई जानकारि दिनु भयो । साथै यस्तो आधुनिक मेसिनको प्रयोग मार्फत किसाहरुको आय आर्जन र उत्पादनमा बृदि भई किसानहरुमा कृषिकर्ममा थप टेवा पुग्ने पुडासैनिले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*