संविधान दिवशको तयारी अन्तिम चरणमा–प्रमुख खुलाल

हेटौंडा टुडे
३१ भाद्र २०७६, मंगलवार २२:१०

असोज २, ३ र ४ गते हेटौंडामा प्रदेश स्तरीय संविधान दिवशको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् प्रदेश स्तरीय संविधान दिवश मुल समारोह समिति अन्तरगत राजनीतिक दल,समन्वय तथा जनपरिचालन उपसमितिका संयोजक रघुनाथ खुलालले हेटौडामा सम्पन्न हुने संबिधान दिवस बिशेष कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ ।

संविधान दिवसको अवसरमा सरसफाई, परिसम्बाद, खेलकुद कार्यक्रम, दीपावली, विभिन्न धार्मिक स्थलमा दीपावली, प्रभातफेरि, गीत तथा नृत्य, वृक्षरोपण, तथा मुख्य दिन बृहत कार्यक्रम गरिने तयारी गरिएको छ । संविधान दिवशलाई भव्य रुपमा मनाउन उहाँले सबैलाई आग्रह समेत गर्नुभएको छ । दिवशका संदर्भमा जानकारी दिँदै प्रमुख खुलालले तयारी करीब अन्तिम चरणमा पुगेको बताउनुभयो ।

दिवशका अवसरमा असोज २ गते प्रदेश शिक्षा निर्देशनालयले वक्तित्वकला कार्यक्रम र प्रदेश खेलकुद परिषदको व्यवस्थापनमा दौड प्रतियोगिता आयोजना हुने उहाँले जानकारी दिनुभयो । त्यस्तै सोही दिन दिवशकै अवसरमा लायन्स क्लब मार्फत विभिन्न १३ वटा संस्थाहरु मिलेर डेंगु सम्बन्धी हेटौंडामा याली र सभा सहितको जनचेतना मुलक कार्यक्रम आयोजना गर्ने तथा २ गते साँझ नेपाल कम्युनिष्ट पाट्री (नेकपा) ले साँझ बुद्ध चोकमा दिप प्रज्वलन कार्यक्रम आयोजना गर्ने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै असाज ३ गते संविधान दिवशका दिन बिहान ७ बजे भुटनदेवी स्कुलको असोज ३ गतेको यालीमा नौमती बाजा, धिमे (नेवारी) बाजा, खैजडी बाजा, काल्जिङ् बाजा, झक्रि नृत्य, ओम शान्तिको झँकी, पतञ्जली योग समिति मकवानपुरको झाँकी, कृष्ण प्रणामीको वाईजुरा झाँकी, थारु समुदायको झाँकी, विद्यार्थीहरुको आकर्षक मार्चपास तथा हेटौंडाका विभिन्न वडाको पहिचान सहितको व्यानरमा ¥याली एवम् निजि क्षेत्र, विभिन्न ट्रेड युनीयनलगायत विभिन्न सामाजिक संघ संस्थाहरुको पहिचान झल्कने सहितको प्रदर्शनीको आयोजना हुने जानकारी दिनुभयो ।

त्यस्तै ३ गते नै संविधान दिवशको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ ले ७० वर्ष माथिका बृद्ध बृद्धाहरुलाई निशुल्क स्वास्थ्य परिक्षण, वडा नम्बर ४ ले फिबर क्लिनीक, रोट्रयाक क्लबको आयोजनामा सुकौामा निशुल्क आँखा परिक्षण र बेलुकी पतञ्जली योग समिति मकवानपुरको आयोजनामा बुद्ध चोकमा दिप प्रज्वलन कार्यक्रम आयोजना हुने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै असोज ४ गते ३ नम्बर प्रदेशको उद्योग वन तथा वातावरण मन्त्रालयको आयोजनामा बृक्षारोपण कार्यक्रम हुने प्रमुख खुलालले जानकारी दिनुभएको छ । कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण नगरबासीलाइ आग्रह गरिएको छ । संविधान दिवसको हरेक कार्यक्रममा सहभागि भएर दिवशलाई महत्वपूर्ण पर्वको रुपमा मनाउन उहँले आग्रह गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*