१ असोज, हेटौँडा
मकवानपुर जिल्लामा डेंगुको बिरामी सख्या एक हजार पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाए अनुसार मकवानपुरमा आजसम्म एक हजारको संख्यमा डेंगुबाट संक्रमित भएको पाईएको छ ।
डेंगु संक्रमणलाई रोक्नको लागि मकवानपुरको स्थानीयह तहहरुले तथा प्रदेश नंबर ३ सरकारले समेत विभिन्न प्रयास गर्दा समेत डेंगु भने दिनानुदिन बढिरहेको छ ।
डेंगुको विरामी बढेसँगै हाल मकवानपुरका सरकारी तथा केहि नीजि स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ । विरामीलाई उपचारको लागि बेडको समेत अभाव भएको छ । बिरामीहरु अस्पतालको सिढिमानै बसेर उपचार गर्न वाध्य बनेका छन् ।
गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. हरि खड्कामा पहिलोपटक देखिएको डेङ्गु रोगबाट भदौ ३१ गतेसम्म १ हजार ७० जना संक्रमित भएका छन् ।
बिरामीमध्ये आधाभन्दा बढी हेटौँडा उपमहानगरपालिका–४ कै स्थानियहरु रहेका छन् ।
मकवानपुरमा बढ्दै गरेको डेंगुको संक्रमणलाई नियन्त्रण गर्नका लागि प्रदेश सरकार, उपमहानगरपालिका र जिल्ला समन्वय समिति समेत लागिपरेका छन् ।
प्रदेश ३ को मकवानपुर, चितवन लगायतका जिल्लामा गरि ३ हजार ७ सय २ जना डेंगु संक्रमित रहेको समेत डा. अर्जुन सापकोटाले जानकारी दिए ।