लागू औषध ओसार पसार र मोटरसाईकल चोरि गर्ने प्रहरिको नियन्त्रणमा

हेटौडा टुडे
९ आश्विन २०७६, बिहीबार १२:५५

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८ के जि १६० ग्राम लागू औषध चरेशसहित एक युवति र मोटर साईकल चोरी गर्ने एक जना पुरुषलाई पक्राउ गरेको छ ।
हेटौडा १० बसपार्कमा काठमाडौंबाट धरान जाँदै गरेको बा ४ ख ८०६० नम्बरको बसमा चेकजाँच गर्दा बसमा सवार राईको साथबाट ८ किलो १ सय ६० ग्राम लागुऔषध चरेस बरामद भए हो । उक्त महिला पर्साको पटेर्वा सुगौली नगरपालिका वडा नम्बर १ निवासि २४ बर्षीया गिता राई हुन ।  त्यसैगरी प्रहरीले भक्तपुर ठिमीबाट हेन्डिल लक तोडी चोरेर ल्याउँदै गरेको लु ५४ प ६०९८ नम्बरको मोटरसाइकल सहित रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ८ निवासि १८ बर्षीय अविनाश चौधरीलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*