९ बर्षदेखि कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी भीमफेदीका थिङ पक्राउ ।

हेटौंडा टुडे
२८ आश्विन २०७६, मंगलवार २०:३८

असोज २८, हेटौडा

मकवानपुर प्रहरीले कर्तव्य ज्यान मुद्धामा सजाय तोकिएका एक फरार प्रतिवादी ४० बर्षीय जीतबहादुर थिङलाई पक्राउ गरेका छ ।
पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपाका स्थानिय हून ।

थिङले २०५९ साल असोज २७ गते स्थानीय ४७ बर्षीय बुद्धिबहादुर गोलेलाई कुटपिट गरी घाइते बनाएकोमा सोही चोटका कारण उनको कार्तिक ४ गते मृत्यु भएको थियो । उक्त मुद्धामा  जिल्ला अदालत मकवानपुरले २०६७ साल जेठ ३१ गते १० बर्ष कैद  हुने फैसला गरेको थियो । थिङलाई भीमफेदी प्रहरी निरीक्षक राम बालक रायको कमाण्डमा खटिएको टोलीले सोमबार पक्राउ गरेको हो । जीतबहादुर थिङलाई कैद भुक्तानका लागि आज [मंगलबार] भीमफेदी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*