आजबाट हेटौडा मक्रान्चूलि हूदै देबिडाडा सम्म साझा यातायात चल्ने

हेटौंडा टुडे
१० कार्तिक २०७६, आईतवार १९:२९

कार्तिक १० ,हेटौडा

 

मकवानपुर साझा यातायात प्रा लि  ले आज आईतबाट हेटौडा मक्रान्चूलि  हूदै देबिडाड सम्मको रुटमा २ वटा बस सेवा सन्चालनमा ल्याएको छ ।

मकवानपुर गढि गाउपालिकासंग रुट स्बिकत लिई साझा यातायात प्र्रा लि ले यस अघि नै गाउपालिकाको वडा ५ र ६ नम्बर अर्थात हेटौडा सामरि हुदै डुम्ब्रेकुना सम्म ३ वटा बस सेवा सन्चालनमा ल्याईसकको छ,  र उक्त बसमा यात्रा गर्दा ५० रुपैया भाडा लिई सेवा सन्चालन गरिसकेको छ ।  आज बाट भने थप सेवा नया रुटमा सुरु गरेको हो । हेटौडाबाट मक्रान्चूलि हूदै देबिडाड सम्म जम्मा ८ किलो मिटरको उक्त बाटो अटो ब्यबसायिले १५० सम्म भाडा लिने गरेकोमा अब साझा यातायातले भने भाडादर ५० रुपैया मात्र निर्धारण गरेको छ ।

दूई बर्ष भन्दा लामो समयदेखि बससेवा सन्चालन बन्द भएपछि उक्त क्षेत्रका सर्बसाधारण मानिसहरु अटोको चर्को भाडादर तिर्न बाध्य भएका थिए ।  नेपालको इतिहासमै सून्दा अनौठो लाग्ने भाडादर जहा मक्रान्चलिबाट हेटौडा आउदा ५० रुपैया र ह्रेटौडाबाट मक्रान्चूलि जादा डबल भाडादर अर्थात एक सय देखि एक सय पचास रुपेया सम्म स्थानियले तिदै आईरहेका छन । तर आज बाट भने साझा यातायातले सेवा सुरु गरेपछि स्थानियबासि खूसि भएका छन ।

मकवानपुर गढि गाउपालिका वडा नम्बर तिनमा मात्रै झन्नै चालिस देखि पचास वटा अटो सन्चालन भए पनि झन्डै दश जनासंग मात्रै सवारि चालक अनुमति पत्र रहेको छ । लाईसेन्स नभएकाहरुले हरुबाट सुरक्षित यात्रा गर्न गारो हूने र बिमा सुरक्षा देखि अन्य सूरक्षा नहूने भएकाले पनि अटोको यात्रा मक्रान्चूलि मात्रै नभई अन्य ठाउहरुमा पनि असुरक्षित मानिएको छ ।

हरेक घन्टा घन्टामा हेटौडाबाट र मक्रान्चलिबाट छुट्ने साझा यातायातमा बिध्यार्थिलाई ४५ प्रतिसत छूट , जेष्ठ नागरिकलाई ५० प्रतिसत छूट , अपागंलाई ५० प्रतिसत छूट रहेको साझा यातायात प्र्रा लि ले जनाएको छ । हेटौडा मक्रान्चलि हूदै देबिडाड सम्मको बसको टिकट काउन्टर पहिलाको फापरबारि बस पार्क र अहिलेको अनमोल तेस्र्रो साखा र भैरबरोड जानेबाटो सगै रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*