हेटौडाबाट नक्कलि सुन र लाईसेन्स सहित तिन जना पक्राउ

हेटौंडा टुडे
२९ कार्तिक २०७६, शुक्रबार ११:०७

 

कार्तिक २९ , हेटौडा

जिल्ला प्रहरी कार्यालय मकवानपुरले एउटै चालकको २ वटा लाईसेन्स सहित एक जना र  नक्कली सुन सहित दुईजना पक्राउ गरको छ ।

 

हेटौँडा–५ पिप्लेमा सवारी चेक जाँचका क्रममा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी नेृत्वको चेकिङ्ग टोलीले उनको दुईवटा लाईसेन्स बरामद गरेको थियो । पक्राउ पर्नेमा ना २ ह ३६९१ नम्बरको अटोका चालक मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ आमभञ्ज्याङ निवासि शिव सञ्जेल रहेका छन् । सञ्जेलको साथबाट बरामद भएको लाईसेन्स २०६८ असोज ५ मा जारी भएको ५–५९५२१ नम्बरको पहिलो लाईसेन्समा उनको ठेगाना निबुवाटार–५, जन्ममिति २०४९ असोज २८ गते र ब्लड ग्रुप ए पोजेटिभ छ भने अर्को लाईसेन्समा  २०७० असार ४ गते जारी भएको ०५–६२३४२७ नम्बरको लाईसेन्समा उनको ठेगाना आमभञ्ज्याङ–९, जन्ममिति २०५२ माघ १७ गते र ब्लड ग्रुप ओ पोजेटिभ छ जनाईएको छ ।

पक्राउ परेका सञ्जेललाई जिल्ला प्रहरी कार्यालयले सरकारी कागजात किर्ते मुद्धामा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

त्यस्तै हेटौंडाबाट मकवानपुर प्रहरीले नक्कली सुन सहित दुई जनालाई पनि पक्राउ गरेको छ।  पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका ३ बस्ने ४७ बर्षीय ध्याल सिंह शेर्पा र मोटरसाइकल पछाडी सवार मकवानपुर राक्सिराङ् गाउँपालिका ४ बस्ने अभय कुमार थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएका छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटीएको प्रहरी टोलीले  हेटौंडा १ चौकिटोलमा भैसेबाट हेटौंडा तर्फ आउदै गरेको बा ९३ प ९०६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा शेर्पाको साथबाट  सुइसि १ किलो फइन गोल्ड ९९९.९ सि ओ २२६६६५० लेखिएको सुन जस्तो देखिने पहेलो रङ्गको चारपाटे आकारको नक्कली सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका दुबैजनालाई ठगि मुद्दामा आवश्यक अनुसन्धान भइरहेको शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी  जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*