
श्री गोरक्षनाथ मा.बि.हेटौडा उपमहानगरपालिका वडा नंबर १८,फुर्केचौरको आयोजनामा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ हुने भएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजनामा यस बिधालयलाई नेपालकै नमुना प्राविधिक शिक्षालय निर्माणार्थ, समस्त पितृउध्दार एवं प्राणि जगतको कल्याणको निमित्त श्रीमद्भागवत हुने भएको छ। उक्त कार्यक्रम मङ्सिर ०३ गतेदेखि १० गतेसम्म हुने महायज्ञ मुल सहमारोह समितिले जानकारी दिएको छ ।
महायज्ञमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वाचनप्रवीण पं. श्री दीनबन्धु पोखरेल ज्युको मुखारबिन्दुबाट वैज्ञानिक ,व्यवहारिक र सँगितमय तबरले वाचन हुने जनाईएको छ। कार्यक्रममा मङ्सिर ०३ गते बिहान १० बजे हजारौं को संख्यामा एैतिहासिक शोभा कलश यात्रा र दिनको १ बजे समुद्घाटन र ४ बजेपछि पूर्वाग्ङ रहेको छ ।त्यस्तै ४ गतेबाट १० गतेसम्म दैनिक बिहान १०:३० देखि ४:४० सम्म संगितमय प्रवचन झाँकि सहित भक्तिसँगित र हरेकदिन तुलादान,ब्रतवन्ध, चौरासि र दाता सम्मान रहेको छ।