विद्युत महशुल बक्यौता रहेका हेटौंडाका २० उद्योगपरे कारबाहीमा

हेटौंडा टुडे
२०७६ कार्तिक ३०, शनिबार ११:४० गते

हेटौंडा,३० कात्तिक

विद्युत महशुल बक्यौता रहेका हेटौंडाका २० वटा उद्योग कारबाहीमा परेका छन्।नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले हेटौंडामा सञ्चालित २० वटा उद्योगको लाइन काटी कारबाही प्रक्रिया अघि बढाएको हो ।

पटकपटक ताकेता गर्दा समेत महशुल नबुझाएपछि ती उद्योगमा विद्युत लाइन काटिएको वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए । उनका अनुसार, कारवाही प्रक्रिया अघि बढाइएका २० उद्योगबाट २२ लाख रुपैयाँ बक्यौता बाँकी रहेको छ ।

तर, सवा अर्बभन्दा बढी बक्यौता रहेको हेटौंडाको शिवम् सिमेन्ट उद्योग लिमिटेडलाई भने केन्द्रले ‘छिटोभन्दा छिटो बक्यौता महशुल बुझाउन पत्र’ मात्र पठाएको छ । डेडिकेटेड लाइन लिएको शिवम्ले १ अर्ब २९ करोड रुयैयाँ भन्दा बढी महशुल तिर्न बाँकी रहँदा वितरण केन्द्रले भने पत्रमात्र पठाएको प्रमुख ठाकुरले बताए ।

तत्काललाई लाइन नकाट्नु भनी अदालतको स्टे अर्डर आएको कारण शिवम् सिमेन्टको लाइन नकाटिएको उनले जानकारी दिए ।

साभार:tukhabar.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*