हेटौंडाका एक प्रधानाध्यापक सहित परस्त्रीसँग आपत्तिजनक अवस्थामा १८ जना होटलबाट समातिए

हेटौंडा टुडे
१ मंसिर २०७६, आईतवार २२:१८

फोटो google बाट

 

मंसिर १ हेटौडा

जिल्ला प्रहरी कार्यालय सिमरा बाराको टोलीले होटलमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा हेटौंडाको एक विद्यालयका प्रधानाध्यापक सहित नौ  जना यौन जोडीलाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो ४ बजेको समयमा जीतपुर सिमरा–१ स्थित सिमरा बजारमा रहेको होटल तथा लज चेकिङको क्रममा एक महिलासहित आपत्तिजनक अवस्थामा हेटौंडा–१५ स्थित चुरियामाई माविका प्रधानाध्यापक ४८ बर्षीय बिष्णु परियार र हेटौंडा–५ का ३२ बर्षीया एक महिलालाई होटलबाट पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

सिमरा बजारमा रहेको दीप होटल, गोर्खाज होटल, झापाली होटल, नमस्ते होटल र रोजी होटलमा चेक गर्दा आपतिजनक अवस्थामा ९ जोडीलाई फेला पारेका हौं ।  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले भने । पक्राउ परेका परियार र हेटौंडा ५ कि महिलाको जोडी मकवानपुरका हुन् भने बाँकी बारा र पर्साका रहेका छन् । बारा प्रहरीले ९ महिला र ९ पुरुष गरी १८ जनालाई पक्रेको छ ।

सिमरा क्षेत्रको होटलहरुमा अवैध यौनधन्दा हुने गरेको सूचनाको आधारमा बारा प्रहरीले विशेष अपरेशन चलाएको जानकारी दिएको छ । ‘यस क्षेत्रको होटलमा यौनकर्मी राख्ने गरेको पनि जानकारी आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खनालले बताए । ‘पक्राउ परेकाहरु पेसेबर यौन व्यवसायी हुन् वा श्रीमान् श्रीमति हुन् भन्ने बिषयमा आवश्यक अनुसन्धान गरिरहेका छौं ।’ खनालले भने ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाराले अभद्र व्यहार गरेको अभियोगमा आइतबार ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको प्ररहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक भने गरेकोे छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*