गोरक्षनाथमा लगाइएको महायज्ञको तेश्रो दिन ४ लाख ५५ हजार संकलन

हेटौडा टुडे
५ मंसिर २०७६, बिहीबार २१:५९

फाईल फोटो

मंसिर ५,  हेटौंडा

हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ मा. वि. लाई प्राविधिक शिक्षालय बनाउनको लागि मंगलबारबाट लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको तेश्रो दिन आज बिहिबार ४ लाख ५५ हजार रुपियाँ संकलन भएको छ ।

प्रख्यात बाचन पण्डित दिनबन्धु पोख्रेलले बाचन गरि रहनु भएको सप्ताह महायज्ञको तेश्रो दिन ४ लाख ५५ हजार रकम संकलन भएको हो । यसअघि मंसिर ३ गते उद्घाटनका दिन २२ लाख ५० हजार र हिजो बुधबार ५ लाख संकलन भएको थियो । मंगलबार सुरु भएको महायज्ञको तिन दिनसम्ममा ३२ लाख ५ हजार संकलन भएको लेखा समिति संयोजक विनोद घिमिरेले जानकारी दिए ।

मंसिर ३ गतेबाट मंसिर १० गतेसम्म संचालन हुने श्रीमद् भागवत सप्ताह महायज्ञबाट उठेको रकमले गोरक्षनाथ माविमा प्राविधिक शिक्षा संचालन गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले जानकारी दिए । महायज्ञबाट करिब २ करोड संकलन गर्ने लक्ष्य रहेको अध्यक्ष बानियाँले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*