सवारी दुर्घटनामा परेका आमा छोराको हेटौंडामा उपचारको क्रममा मृत्यु

हेटौडा टुडे
५ मंसिर २०७६, बिहीबार २२:१८

मंसिर ५, हेटौंडा

हेटौडाबाट पथलैयातर्फ जादै गरेको ना ४६ प २५०४ नम्बरको मोटरसाइकललाई सोहि दिशातर्फ जाँदै गरेको ना५ ख ९०५५ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार रौतहट चन्द्रपुर नगरपालिका ८ बस्ने २६ वर्षीया तिर्थ कुमारी राई र निजकै छोरा १ बर्षीय आहान चौधरी मृत्य भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित ४ नम्बर पुल नजिक सवारी दुर्घटना भएको थियो । सवारी दुर्घटनामा घाइते आमा छोराको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अम्लेखगन्जले जनाएको छ। ठक्करबाट मोटरसाइकल चालक रौतहट चंद्रपुर ८ सन्तपुर बस्ने वर्ष २८ को राकेश चौधरी गम्भिर घाइते र घाइतेको चु।ेहिल अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रकको चालक फरार रहे पनि ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*