एरिएल सर्फमा हेटौंडाकि शिवाकोटीले पाईन वासिङ मेसिन उपहार

हेटौडा टुडे
८ मंसिर २०७६, आईतवार २०:४६

मसिंर ८ , हेटौडा

हेटौंडा ४ निवासि अन्सु शिवाकोटीले श्रीराम मिनि मार्टमा एरियल सर्फ किन्दा वासिङ मेसिन उपहार प्राप्त गर्नु भएको छ ।

दशै, तिहार र छठ पर्वलाई मध्य नजर गरेर एरियल सर्फले वासिङ मेसिन उपहार योजना अन्य सहरहरुमा झै हेटौडा बजारमा पनि ल्याएको थियो । उक्त उपहार योजना हेटौडाको लागि आधिकारिक बिक्रेता हेटौंडा ४ शितल महल चोक नजिकै रहेको श्रीराम मिनि मार्ट मात्रै थियो । एक किलो सर्फ किन्दा एउटा कुपन प्राप्त हुने यो उपहार योजनामा बिजेता शिवाकोटीले असोज १७ गते एक किलो एरियल सर्फ खरिद गरेकि थिईन । उक्त सर्फ खरिद गरे बापत उनले आज कम्पनिको प्रतिनिधि , डिलर, ग्राहकबर्गहरु बिच गरिएको लक्कि ड्र  कार्यक्रम बाट L.G. ब्रान्डको छ के. जि. को वासिङ मेसिन उपहार प्राप्त गर्नु भएको श्रीराम मिनि मार्टका प्रोप्राईटर गोपि निरौला ले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*