मसिंर ८ , हेटौडा
हेटौंडा, ८ मंसिररहेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि मंसिर ३ गते मंगलबारबाट लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको छैठौं दिन आईतबार २५ लाख रुपैँया संकलन भएको छ ।
प्रख्यात बाचन पण्डित दिनबन्धु पोखरेलले बाचन गरिरहेको सप्ताह महायज्ञको पाँचौ दिनसम्ममा ८७ लाख ५ हजार र संकलन भएको र आज आईतबार २५ लाख रुपैयाँ गरी १ करोड १२ लाख ५ हजार रुपैयाँ संकलन भएको लेखा समिति संयोजक विनोद घिमिरेले जानकारी दिए । मंसिर ३ गते उद्घाटनका दिन २२ लाख ५० हजार, मंसिर ४ गते ५ लाख, मंसिर ५ गते बिहिबार ४ लाख ५५ हजार रुपैँया, ६ गते शुक्रबार २० लाख ७ गते शनिबार ३५ लाख र आज आईतबार २५ लाख रुपैयाँ गरी १ करोड १२ लाख रुपैयाँ संकलन भएको लेखा समिति संयोजक घिमिरेले जानकारी दिए ।
आईतबार ठूलो रकम सहयोग गर्नेमा हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँद्वारा ५ लाख, नवराज खड्का र भैरव खड्काद्वारा ८ लाख रुपैयाँ बराबरको ८ धुर जग्गा, गोरक्षनाथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँद्वारा १ लाख २५ हजार, हेटौंडा १८ का वडा सदस्य तोयानाथ तिमल्सिनाले ५१ हजार र अन्य व्यक्तिहरुसंग गरी २५ लाख संकलन भएको आयोजक समितिले जानकारी दिएको छ । मंसिर ३ गतेबाट मंसिर १० गतेसम्म संचालन हुने श्रीमद् भागवत सप्ताह महायज्ञबाट उठेको रकमले गोरक्षनाथ माविमा प्राविधिक शिक्षा संचालन गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले जानकारी दिए । सांसद इन्द्रबहादुर बानियाँ संयोजक रहेको महायज्ञबाट करिब २ करोड संकलन गर्ने लक्ष्य राखिएको छ ।