लागु औषध चरेस सहित २ जना पक्राउ

हेटौडा टुडे
१६ मंसिर २०७६, सोमबार १२:०४

जिल्ला प्रहरी कार्यालय मकवानपुरले २५ किलो लागु औषध चरेस सहित २ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

चरेस सहित भारत विहार मोतीहार सिसवाग्राम २ बस्ने २५ वर्षको राजेश यादव र मुगलेशपुर बस्ने १८ वर्षको ऋषिकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो । बरामद गरिएको चरेसको नेपाली मुल्य करीब ६ लाख पर्ने एसपी सिंहले बताउनुभयो । उनिहरुले बा २५ प ८७८३ नम्बरको मोटरसाइकलमा फल्सबटम बनाई उक्त परिमाणको चरेस लुकाइ ल्याएका थिए ।

पालुङगबाट हेटौडा आउँदै गरेका उनिहरुलाई प्रहरी नायव निरिक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटिएको टोलीले भैंसेबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*