हेटौंडामा मिडिया मार्केटिङ तालिम हुने

हेटौंडा टुडे
१९ मंसिर २०७६, बिहीबार १४:३३

हेटौंडा,मङि्सर १९

रेडियो सन्देश तथा लियो क्लब अफ हेटौंडा भुटनदेविको संयुक्त आयोजनामा मिडिया मार्केटिङ तालिम हुने भएको छ। करिब डेढदशक लामो समय देखि मार्केटिङ क्षेत्रमा रहदै आउनुभएका व्यक्तिहरुबाट प्रशिक्षण दिईने भएको छ ।तालिम निःशुल्क रहेको छ,तालिम पश्चात् न्युनतम आठ हजार देखि पच्चीस हजार सम्मको जागिरको पनि व्यवस्था रहेको  लियो क्लब अफहेटौंडा भुटनदेविका अध्यक्ष रुपक कालिराजले जानकारि दिनुभयो।

विगत १ बर्ष देखि संचालनमा आएको हजुरको खबर डटकम, रेडियो सन्देश १०६.९ मेगाहर्ज सँगै मकवानपुर जिल्लाका मिडिया तथा अन्य क्षेत्रमा समेत तालिम प्राप्त मार्केटिङ्ग गर्ने जनशक्ति आवश्यक परेको हुदा उक्त तालिम हुन लागेको हो।

तालिम पौष १२ गतेदेखि १५ गते सम्म बिहान ११ बजेदेखि १ बजे सम्म सम्म हुने भएको छ।  साधारण लेखपढ गरेको वा बोल्न सक्ने  ४० जनालाई तालिम दिईने भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*