
हेटौंडा,१९ मङ्सिर
राष्ट्रिय समाचार समिति प्रदेश ३ कार्यालय हेटौंडाका प्रमुख सुरेश झालाई पितृशोक परेको छ । प्रदेश प्रमुख झाका ७७ वर्षीया पिता अबध बिहारी झाको बुधबार बिराटनगरमा निधन भएको हो । मृतक झाको आज गृहजिल्ला सर्लाही ल्याएर बागमती खोलामा अन्त्यष्टी गरिएको पारिवारिक स्रोतले जनाएको छ । मृतकलाई जेष्ठ सुपुत्र समेत रहनुभएका रासस प्रदेश प्रमुख झाले दागवत्ती दिनुभएको थियो।
लामो समय सरकारी कर्मचारीका रुपमा रहनुभएका मृतक झा पछिल्लो एक दशकदेखि नसा र पेट सम्बन्धि समस्याबाट ग्रसित हुनुहन्थ्यो । अस्थाई निवास हेटौंडाबाट वैवाहिक कार्यक्रममा सहभागि हुन गृहजिल्ला सर्लाही जानुभएका झामा स्वास्थ्य समस्या आएपछि उपचारका लागि बिराटनगर लादैगर्दा उहाँको बाटोमै मृत्युभएको जनाइएको छ । मृतक झाका श्रीमती , दुई छोराहरु र दुई छोरीहरु हुनुहुन्छ ।
साभार-khabarbreak.com


सेयर गर्नुहोस्