हेटौंडा ५ माछाप्लान नजिकै अटो र मोटरसाइकल दुर्घटना,६ जना घाइते

हेटौडा टुडे
२३ मंसिर २०७६, सोमबार १२:०९

२३मंसिर, हेटौंडा

कान्ति लोक पथ अन्तर्गत हेटौंडा ५ माछाप्लान नजिक मोटरसाइकल र अटो एक आपसमा ठक्कर खाँदा ६ जना घाइते भएका छन्।

हेटौंडा बजार पिप्लेबाट क्याम्पाडाँड तर्फ जादै ना १ह ६६५७नम्बरको अटो र सोही दिसाबाट आउदै गरेको ना ७ प ६१९४ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा अटोसंग ठक्कर खाँदा ६ जना घाइते भएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिएका छन्।

घाइते हुनेमा अटो चालक हेटौंडा ५ निवासी धुव्र मैनाली,अटोमा सवार ६५ बर्षीय मोहनलाल मानन्धर, ४० बर्षीया कल्पना मानन्धर, ५५ वर्षीया मायादेवी मानन्धर र मोटरसाइकलका चालक हेटौंडा ७ बस्ने विश्वास तितुङ्ग र मोटरसाइकलमा सवार मणिराज तामाङ रहेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिएका छन्।

घाइते मध्ये अटोमा सवार मायादेवीको चुरेहिल अस्पताल र अन्य ५ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।अटो र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ।

साभार :prastakhabar.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*