गढि ४ मा टिपरले किच्दा स्थानिय पाख्रिनको मृत्यु

हेटौडा टुडे
२५ मंसिर २०७६, बुधबार ०८:१२

सांकेतिक तस्बिर

 

मंसिर २५ ,  हेटौंडा

मकवानपुर गढी गाउँपालिका वडा नम्बर ४ मनकामना मन्दिर नजिकै टिपरले किच्दा एक स्थानियको घटनास्थलमानै ज्यान गएको छ ।

मकवानपुरगढी गाउँपालिका ४ बन्दडाँडामा मंगलबार राति टिफरले किच्दा बर्ष ३६ को स्थानिय दिपक पाख्रिनको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पिप्लेबाट बन्दडाँडा माटो बोक्न भनेर जादै गरेको बा ४ ख ६३५५ नंबरको टिफरकोले किच्दा स्थानीय दिपक पाख्रीनको ज्यान गएको हो ।

पाख्रिनको मुत्यु भएपछि स्थानियले टिपरमा सामान्य तोडफोड गर्नुका साथै प्रदर्शन गरेका थिए । । ठक्कर दिने टिपर प्रहरी नियन्त्रणमा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*