हेटौंडा १६ चिसापानीमा प्रजनन स्वास्थ्यको शिविर सम्पन

हेटौडा टुडे
२७ मंसिर २०७६, शुक्रबार २०:१७

मंसिर २७, हेटौंडा

हेटौंडा उपमहानगरपालिका वडा १६ चिसापानीमा १ दिने प्रजनन स्वास्थ्यको शिविर सम्पन भएको छ । वडा कार्यालयको आयोजनामा भएको शिविरमा पाठेघरको मुखको क्यान्सर परिक्षण, यौन रोग परिक्षण तथा उपचार र परिवार नियोजन सेवा सम्बन्धी प्रजनन् स्वास्थ्य शिविर भएको हो ।

नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोगमा भएको शिविरमा ९८ जनाले पाठेघरको मुखको क्यान्सर परिक्षण ८० जनाले यौन रोग, एक जनाले इम्प्लान्ट र ८ जनाले सामान्य स्वास्थ्य जाँच गरिएको संघका शाखा प्रवन्धक दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो  ।

हेटौंडा उपमहानगर पालिका  १६ का अध्यक्ष रामकृष्ण कोइराला र संघका सभापति ईश्वर पण्डितले सयुक्त रुपमा शिविरको शुभारम्भ गरेका थिए । वडा सचिव लक्ष्मण अधिकारी, संघका सचिव फुलमान श्रेष्ठ र संघका पूर्वसभापति निगम श्रेष्ठले शिविरको व्यवस्थापन गरेका थिए ।

आफ्नो वडामा महिला संग जोडिएका विभिन्न खाले डरलाग्दो रोगमा पाठेघरको मुखको क्यान्सर अहिले पछिल्लो समय धेरैको समस्या रहेको पाइएकोले सोको पहिचान गर्न र उपचारमा सहजता पुगोस भनि शिविर सञ्चालन गरिएको वडा अध्यक्ष कोइरालाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*