
मङ्सिर २८,हेटौंडा
युसेस मकवानपुरको आयोजना तथा युनिलिभर नेपाल लिमिटेडको साझेदारीमा आज शनिबार मनहरी गाउपालिका वडा नम्बर ५ अन्तर्गत बसन्त पुर स्थित भोजसिद्द मा . बि . को प्राङ्गणमा निशुल्क :घुम्ती स्वास्थ्य शिवीर सफलता पुर्बक सम्पन्न भएको छ।
सिबिरमा सेवालिन आउने उमेर समूहमा ४ देखि १५ बर्ष सम्म्को बालबालिका किशोर किशोरी देखि २० देखि ४९बर्ष सम्मको महिला पुरुष लगाएत ८६ बर्ष को बृद्धहरु समेत गरि ११७ जना सेवाग्राहीहरुले सेवा प्राप्त गर्नुभएको छ।विशेष गरि दात सम्बन्धि समस्या लागि दन्त चिकित्सक डाक्टर नागेन्द्र श्री र असिस्टेन्ट दिपाली श्रेष्ठले स्वास्थ्य परिक्षण गर्ने क्रममा २३ जनाको किराले खएको र बिग्रेको दात झिकेर फालेको थियो भने अन्य समस्या हुनेहरुको लागि फिजिसियन डाक्टर सागर काफ्लेले सेवा लिन आउने सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो । स्वास्थ परिक्षण पश्चात् बिरामिहरुलाइ नि:शुल्क अाैषधि पनि बितरण गरिएको छ ।
युसेसको अध्यक्ष बुद्ध सरण लामाको सयोजकत्वमा संचालित उक्त शिबिरको स्थानीय सयोजन सुर्य किरण युवा क्लब ले गरेको थियो ।

