द फ्युजन क्याफे अब न्यु भर्सनमा सुभारम्भ

हेटौडा टुडे
२९ मंसिर २०७६, आईतवार ११:२५

२९ मङि्सर ,हेटौंडा

हेटौंडामा द फ्युजन क्याफेको रुपमा परिचित होटल अब नया सेवा र सविधाको साथ सुभारम्भ भएको छ। हेटौंडा ४ भुटनदेवी स्कुलरोडको एन्जल भवनमा रहेको क्याफेको हिजो शनिबार हेटौंडा उपमहानगरपालिकाकि उपमेयर मिना लामाले रिवन काटेर उद्घाटन गरेकी हुन्।

क्याफेले उद्घाटनको अवसरमा आफ्ना ग्राहकलाई २० प्रतिशन छुटको समेत व्यवस्था गरेको छ। त्यस्तै अबको २० दिन सम्म यस क्याफेमा आएर ३ सय बराबरको खाजा खाने ग्राहकहरु मध्य एकजनाले ३२ इन्चको टिभी जित्न सक्ने बताइएको छ।  ३ सय बराबरको खाजा खाएपछि प्राप्त कुपनबाट २० दिनपछि खोलिने लक्की ड्रमा एकजनाले टिभी पाउने क्याफेले जनाएको छ।विभिन्न खाजाका परिकार उपलब्ध हुने क्याफेमा६० लाखको लगानी रहेको संचालक जीवन लामाले बताए।

उपयुक्त र शान्त वातावरणका साथ सुपथ मूल्यमै ग्राहकलाई सन्तुष्ट बनाएर पठाउने आफ्नो उदेश्य रहेको संचालक लामाले बताएका छन्। क्याफेमा नेपाली ढिडो, कालिज संगै अर्गानिक किचेन, र क्रिकेट बलिङ मेशिन, लाइभ म्युजिक पनि रहने लामाले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*