२९मंसिर, हेटौंडा
पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ९ रजैयामा टिफर र ट्रक एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन्। हेटौडा बाट बालुवा बोकेर मनहरी तर्फ जादै गरेको ना६ख ८०८२ नम्बरको टिफर र विपरीत दिसाबाट आउदै गरेको बा१क ९९४२ नम्बरको आईचर ट्रक एक आपसमा ठक्कर खादा चालक सहित ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएका छन्।
घाइते हुनेमा ना६ख ८०८२नम्बरको टिफर चालक हेटौंडा १९ सरनटार बस्ने २८ बर्षीय राजाराम थापा बा१क ९९४२ नम्बरको ट्रक चालक नुवाकोट बेलकोट नगरपालिका ४ आलेगाँउ बस्ने ३० बर्षीय बिनोद देवकोटा र सोहि ट्रकका सहचालक नुवाकोट बेलकोट ४ बस्ने २६ बर्षीय श्याम रुम्बा रहेको प्रहरीले जनाएको छ। घाइते हुने ३ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । र ट्रक र टिफर इलाका प्रहरी कार्यालय नेवारपानीको नियन्त्रण रहेको जनाइएको छ।
सेयर गर्नुहोस्