तरुण दलले दियो हिरासतका बन्दीलाई कम्बल र म्याट

हेटौडा टुडे
२९ मंसिर २०७६, आईतवार २०:२५

मंसिर २९ , हेटौंडा

नेपाल तरुण दल हेटौंडा उपमहानगर समितिले जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका बन्दीहरुका लागि कम्बल र म्याट सहयोग गरेको छ ।

हिरासतमा रहेकाहरुलाई जाडो मौसममा ओड्ने ओढ्ने र ओछ्याउने नपाएको गुनासो आएपछि तरुण दलले आइतबार एक कार्यक्रमकाबीच प्रहरीलाई कम्बल र ओद्ध्याउने म्याट हस्तास्तन्तरण गरेको हो । तरुण दल हेटौंडा उपमहानगरपालिका सभापति सुनिल गिरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मकेशकुमार सिंहलाई कम्बल र म्याट हस्तान्तरण गरेका हुन् । कम्बल र म्याट ग्रहण गरेपछि बोल्दै प्रहरी उपरीक्षक सिंहले हिरासतमा रहेकालाई ओढ्ने ओछ्याउने लगायतको सुविधा दिनु राज्यको दायित्व भए पनि बजेट अभाव भई सो काम गर्न नसकिएको अवस्थामा तरुण दलले सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे । आगामी दिनमा पनि प्रहरीलाई आवश्यक सहयोगको लागि उनले आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि टेकनाथ शिवाकोटी, जिल्ला नेता उत्सव इटेनी, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, सचिव सचित थापालगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*