गाजा खाएर होहल्ला गर्ने तीन जना क्याम्पाबाट प्रहरिको नियन्त्रणमा

हेटौडा टुडे
२९ मंसिर २०७६, आईतवार २२:२३

मंसिर२९ , हेटौंडा                                                  वडा प्रहरी कार्यालय हेटौडाले लागु अौषध गाजा सेवन  गरि होहल्ला गरिरहेको  अवस्थामा आज साझ ३  जनालाई नियन्त्रणमा लिएको छ।

वडा प्रहरी कार्यालय हेटौडाबाट प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको नेतृत्वमा खटिगएको टोलिले हेटौंडा ५ क्याम्पाडाँडामा लागु औषध गाँजा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा ३ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले हेटौंडा ५ बस्ने १९ बर्षीय प्रवेश विडारी, हेटौंडा ५ नै बस्ने २० बर्षका सागर पुडासैनी र हेटौंंडा ५ बस्ने २० बर्षका विनेश त्रिपाठीलाई गाँजा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन्। तिनैजनालाई आफ्नत र जनप्रतिनिधिको रोहवरमा त्यस्तो कार्य नगर्ने सर्तमा छाडिएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*