हेटौँडामा बिजुलीको पोलमा रहेको डस्टविन चोरी भएरै सकियो

हेटौंडा टुडे
३० मंसिर २०७६, सोमबार १२:०६

हेटौँडा,३० मंसिर 
हेटौँडा उपमहानगरपालिकाले केहि महिना अघि हेटौँडाको विभिन्न चोकहरुको विजुलीको पोलमा झुण्डाएर राखेको डस्टविनहरु समेत चोरी भएर सकिएको छ । चोरहरुको समुहरुले डस्टविन समेत नछाडेपछि फोहोर पुन सडकमानै देखा पर्न लागेको हो ।

विजुलीको पोलमा फोहोर मलाई लेखेर राखिएको डस्टविन समेत चोरहरुको निशानामा परेपछि आफुहरु निराश भएको हेटौँडा उपमहानगरपालिकाका अधिकृत धु्रब भुजेलले बताए । खासगरी पैदलयात्रुको लागि फोहोर फाल्ने ठाउँ सहज होस भन्ने उदेश्यले राखिएको डस्टविनहरु चोरी भएका हुन् ।

हेटौँडाको कान्तिराजपथ, पारिजातपथ, हुप्रचौर क्षेत्र सहित पैदलयात्रुहरुको भिड हुने स्थानमा सडक किनारमा रहेको विजुलीको पोलमा पैदलयात्रुको लागि मात्र फोहोर मलाई लेखिएको करिब २ सय वटा डस्टविनहरु थिए । तर तिमध्ये अधिकांश चोरी भैसकेको छ ।

साभार:khabarbreak.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*