नक्कली लाइसेन्स सहित हेटौँडाबाट एक जना पक्राउ

हेटौडा टुडे
३० मंसिर २०७६, सोमबार १७:२१

३० मंसिर,हेटौँडा

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. २ स्थित कान्तिराजथबाट नक्कली सवारी चालक अनुमती पत्र (लाइसेन्स) सहित एक जना पक्राउ परेका छन् ।
हेटौँडाबाट नक्कली सवारी चालक अनुमती पत्रसहित रौतहट विजयपुर नगरपालिका वडा नं. ९ बस्ने २६ वर्षीय रोमियो कालिकोटे पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले शुक्रबार उक्त नकल्ली लाइसेन्ससहित पक्राउ गरेको हो । शुक्रबार ना ६३ प २०१२ नं. को स्कुटरलाई प्रहरीले उक्त स्थानमा रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक कालिकोटेसँग नक्कली लाइसेन्स फेला परेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई नक्कली लाइसेन्स र उक्त स्कुटरसहित नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*