प्रतिबन्धित लागुऔषधसहित हेटौँडाबाट एकजना पक्राउ

हेटौडा टुडे
३० मंसिर २०७६, सोमबार १७:२९

मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौँडाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका वडा नं। ५, वनस्पती बस्ने ३५ वर्षीय राजेश भन्ने दिपेन्द्र कुँवर रायमाझी रहेका छन् ।

प्रहरीले उनको साथबाट लागूऔषध डाइजेपाम ९९ एम्पुल, नोर्फिन ९७ एम्पुल, फेनरागन ९९ एम्पुल बरामद गरेको छ ।पैदल हिडीरहेका उनलाई वडा प्रहरी कार्यालय सानोपोखरा,  हेटौँडाबाट खटिएको गस्ती टोलीले संका लागी चेक जाँच गर्ने क्रममा निजले बोकी हिंडेको झोलामा उक्त परिणामको प्रतिबन्धित लागुऔषध फेला परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई अनुसन्दान तथा कारवाही अगाडी बढाएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*