गरगहना चोरी गरेर भाग्दै गरेको अवस्थामा हेटौंडाका पराजुली पक्राउ

हेटौडा टुडे
२ पुष २०७६, बुधबार १४:५५

२पुस,हेटौंडा

मंगलबार राति चोरी गरेर भाग्दै गरेको अवस्थामा एक जनालाई चोरी गरेको गरहना र सामान सहित वडा प्रहरी कार्यालय हेटौंडाले पक्राउ गरेको छ।

मंगलबार राति हेटौडा उप-महानगरपालिका  ४ स्थित गौरी कुमार मैनाली बस्दै आएको घरमा चोरी भएको छ भन्ने खबर पाउना साथ बडा प्रहरी कार्यालय हेटौडाबाट प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको नेतृत्वमा खटिगएको टोलिले सामान चोरी गरी भाग्दै गरेको अवस्थामा हेटौडा ८ बस्ने १८ बर्षीय साजन पराजुलीलाई चोरी गरेको सामान सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीले पराजुलिको साथबाट चन्द्रमा, झुम्का, तिलहरी,मंग्लशुत्र औठी सहितका सुनका गरगहना र एक थान ल्याप्टप  बरामद गरेको जनाएको छ।पराजुलीलाई बुधबार जिल्ला अदालत मकवानपुरबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको जनाइएको छ। ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*