अपहरण भएको ८ घण्टा पछि अपहरित व्यक्तिको हेटौंडाबाट उद्धार

हेटौंडा टुडे
२ पुष २०७६, बुधबार २०:०६

पुस २, हेटौंडा

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार साझं पत्रकार सम्मेलनको आयोजना गर्दै अपहरणमा परेका एक जनालाई अपहरण गरेको ८ घण्टा पनि नबित्दै सकुशल उद्धार गरेको जानकारि सार्वजनिक गरेको छ ।।प्रहरीले अपहरणमा परेका र घटनामा संलग्न भएको आरोपमा ५ जनालाई हेटौंडा ९ लाम्सुरेबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेशकुमार सिंहले बताए ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका ९ लामसुरे बस्ने ३६ वर्षीय सरस्वती तामाङ, काठमाडौं महानगरपालिका ३ पुरानो बानेश्वर बस्ने २४ वर्षीय आशिष सिजापती रहेका छन् । त्यसैगरी, कंचनपुरको श्रीपुर गा.विस. ६ बस्ने २९ वर्षीय सुनिता धामी र धादिङ नेत्रावती ढुस्जु गाउँपालिका ६ घर भएका आशिक लामा रहेका छन् ।

उनीहरुलाई रामेछापको दोरम्बा ५ बस्ने २१ वर्षीय नरेश थापा मगरलाई बन्धक बनाई हेटौंडाकि तामाङको घरमा राखेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।  प्रहरीले बुधबार बिहान साडे तीन बजे हेटौंडा ४ स्थित फरेष्ट्रि गेट अगाडी अम्लेखगंजबाट काठमाण्डौ जादै गरेको बा २ ज ५९५ नंबरको ट्याक्सीमा सवार रामेछाप दोरम्बा ५ बस्ने वर्ष २१ को नरेश थापा मगरलाई बा २ ज ५३५६ नंबरको ट्याक्सीमा आएका अपहरित ३ जनाको समुहले कुटपिट गरी हेटौंडा ९ लामसुरे स्थित सरस्वती लामाको घरमा बन्धक बनाई राखेको अवस्थामा सकुशल उद्धार गरेको प्रमुख सिंहले बताए ।

अपहरणकारीले मगरलाई छुटाउन गएका काभ्रेको मण्डन देउपुर नगरपालिका ९ बस्ने २८ बर्षीय सरोज सापकोटालाई कुटपिट गरि घाइते बनाए थिए। उनीहरुमाथि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*