
पुष०५ हेटौडा,
प्रदेश नम्बर–३ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात व्यावस्था सेवा कार्यालय, हेटौंडाले सवारीका साधनको सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिनका लागि आजबाट प्रयोगात्मक परिक्षा सुरु गरेको छ।
प्रदेश सरकार मातहतको कार्यालयले पहिलो पटक हेटौंडाबाटनै सवारी चालक अनुमति पत्रको ट्रायल दिन सुरु गरेको हो । आज भने मोटरसाईकलको प्रयोगात्मक (ट्रायल) परिक्षा लिइएको हो । मोटरसाईकल र स्कुटरको ट्रायल दिएका अधिकांश परिक्षार्थी अनुत्रिण भएका छन् । परिक्षा दिएका मध्य थोरै मात्र प्रयोगात्मक परिक्षामा पास गर्न सफल भएका छन् ।
आजको परिक्षामा ५ सय १० जनाले ट्रायल दिएको यातायात व्यावस्था सेवा कार्यालय हेटौंडाका निमित्त प्रमुख पोषण थापाले जानकारी दिनुभयो । आज मोटरसाईकलको ट्रायल ३ सय ८१ जनाले दिएका छन् भने ६९ जनाले स्कुटीको ट्रायल दिएका हुन् । कारको लिखीत परिक्षा भएपनि ट्रायल भने पछी गरिने उहाँले जानकारी दिनुभयो ।
प्रदेश नम्बर तीनका नागरिकहरुका लागि लक्षित गरी सवारी चालक अनुमति पत्र(लाइसेन्स)का लागि प्रकृया शुरु भएसंगै सवारी चालक अनुमति पत्रको लागी भिड् लागेको छ । ट्रायल दिन आउनेहरुको आज विहानैबाट हेटौंडा ११ वागथलीमा भिड लागेको थियो ।
हेटौंडाबाटनै पहिलोपटक सेवा पाएकोमा सवै खुसी समेत भएका छन् । हेटौंडामा रहेको यातयात ब्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रका लागि आवेदन आहवान गरेसँगै बिहीबार लिखित परीक्षा लिएको थियो । लिखित परीक्षमा ५ सय २० जनाले सहभागिता जनाएको यातयात ब्यवस्था सेवा कार्यालय हेटौंडाका निमित्त प्रमुख पोषण थापाले जानकारी दिनुभयो ।
सवारी चालक अनुमति पत्रको लागी मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी लगाएत आसपासका विभिन्न जिल्लाका आम नागरिककको यसमा उलेख्यसहभागिता रहेको छ ।
यातयात ब्यवस्था कार्यालय प्रदेश नम्बर तीनले सबैप्रकारका सवारी साधनका लागि भन्दै अनलाइन मार्फत आवेदन दिने ब्यवस्था मिलाइएको हो । यसअघि सवारी चालक अनुमति पत्रको लागी बिरगंज, काठमाडौं र जनकपुर जानु पर्ने पाध्यता रहेको थियो । हेटौंडामै सवारी चालक अनुमति पत्र पाउने भएपछि यहाँका स्थानिय खुसी भएका छन् ।

