सिर्जनशिल समाज गढी ४ को १३औँं बार्षिक साधारण सभा सम्पन्न

हेटौडा टुडे
५ पुष २०७६, शनिबार १८:०७

 पुष०५ हटौँडा,

सिर्जनशिल समाज बचत तथा ऋण सहकारी सस्थाको १३औँं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

सहकारी सस्थाका अध्यक्ष कृष्ण बिडारिको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य माननीय जुनेली श्रेष्ठ , विशिष्ट अथिती गढी गाउपालिका ४ का वडा अध्यक्ष राम प्रसाद तिमल्सिनाको रहेका थियो।

त्यसै गरि अतिथिहरुमा मकवानपुर गढी बृहत् खानेपानीका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने ,हिमाल महिला बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष जानुका दाहाल , भानु माध्यमिक बिधालय अध्यक्ष खिल प्रसाद चौलागाईं , श्रमिक साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष मान कुमारी पाख्रिन ,चुच्चेखोला सामुदायिक बन उपभोक्त समितिका अध्यक्ष अर्जुन प्रसाद दाहाल लगाएतको उपस्थिति रहेको थियो ।

६० जना शेयर सदस्य रहेको उक्त सहकारी सस्थामा हाल सम्मको कुल कारोबार २ करोड ७१ लाख ५२ हजार ३ सय ५८ रुपैया रहेको छ । १३ औ वार्षिक साधरण कार्यक्रम आज सस्थाले विभिन्न बिधामा विभिन्न ब्यक्तीहरुलाई सम्मनित गरेको छ । जसमध्ये एकाघर सम्मान कार्यक्रम समिक्षा दुलाल र सदिक्षा दुलाल, सरोज चौलागाईं र संगीत दुलाल , सन्दिपा लामिछाने सम्मानित भएका छन। त्यस्तै बाल बचत तर्फ समृद्धि पुडसैनी सम्मानित भएका छन भने उध्यमसिल ऋणि तर्फ शंखर गुरुङ, ज्येष्ठ सेर सदस्य तर्फ राम बहादुर लोप्चनलाई सस्थाले सम्मान गरेको छ ।

यस्तै सस्थाले एसईई मा उकृष्ट हुने दुई जना प्रस्तुति चौलागाई र अबिलाशा धिताललाई सम्मान गरेको हो । बिगत देखि हाल सम्म विभिन्न पदमा रहि काम गर्नु भएका ब्यक्तिहरुलाई पनि सस्थाले प्रशंम्सा पत्र वितरण गरेको हो साथै उत्कृष्ट कर्मचारीको रुपमा हाल कार्यरत कुसल ब्यवस्थापन बिमला चौलागाईं असल कर्मचारी रुपमा सम्मान गरेको गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*