हेटौंडा ११ स्मारक मा ३ ओटा सवारि आपस मा ठोकिएर दुर्घटना

हेटौडा टुडे
९ पुष २०७६, बुधबार १५:४१

०९ पुष हेटौंडा,

हेटौंडा,११ स्मारक मा ३ ओटा सवारिसाधन एक आपस मा ठोकिएर दुर्घटना भएको छ । स्मारक बाट आउदै गरेको भारतिय नम्बर प्लेटको प्राईबे्रट कार बि आर ०६ बि ४५९४ नम्बर को भारतिय कार र हेटौंडाबाट स्मारक जाँदै गरेको बा ९४ प ७०५३ नम्बर को मोटरसाइकल र सोहि दिशा बाट आउदै गरेको बा १४ प ६८४६ नम्बर को स्कार्पियो आपसमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरि कार्यालय मकवानपुरले जानकारि दिनुभयो ।


दुर्घटनामा ३ जना घाईते भएका छन । प्रहरीका अनुसार उनीहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा ३ वटै सवारीमा क्षति पुगेको छ ।

घाईतेहरुको अवस्था सामान्य रहेको छ । हाल चुरेहिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरि कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*