भानु मा. बि.को ४३ औ बार्षिक बार्षिकोत्सब सम्पन्न

हेटौडा टुडे
११ पुष २०७६, शुक्रबार २२:४४

मंसिर ११ , हेटौडा

 

श्री भानु माध्यमिक बिद्यालयको सुक्रबार ४३ औ बार्षिकोत्सब उत्सब सम्पन्न भएको छ । कार्यक्रम बिद्यालय ब्यस्थापन समितिका अध्यक्ष खिल प्रसाद चौलागाईको सभा अध्यक्षतामा र ३ नम्बर प्रदेसका साम्सद माननीय प्रेम बहादुर पुलामिको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

सुक्रबार सम्पन्न बिद्यालयको शैक्षिक कार्यक्रम बिद्यालयका प्रधानअध्यापक राजेन्द्र थापाले प्रस्तुत गर्नू भएको थियो । शौक्षिक गुणस्तर बृद्धिका संगै यस बिद्यालय गाउपालिका र प्रदेशको मात्रै नमुना बिद्यालय नभई समग्र देशकै नमुना बिद्यालय बन्नु पर्नेमा ३ नम्बर वडाका वडा अध्यक्ष भागबत घिमिरेले जोड दिनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि ३ नम्बर प्रदेसका साम्सद माननीय प्रेम बहादुर पुलामिले यस बिद्यालयको चौतर्फि बिकासको लागि आफु सदैब तयार रहेको बताउनु भएको छ ।

४३ औ बार्षिक उत्सबको कार्यक्रमको अबसरमा बिभिन्न बिधामा उकृष्टता हासिल गर्ने बिद्यार्थिहरुलाई पुरस्कृत एंब सम्मान गरिएको थियो । त्यस्तै आफुले अध्यापन गर्ने बिषयमा उकृष्ट नतिजा दिलाउने शिक्षकहरुलाई पनि पुरस्कृत एंब सम्मान गरिएको थियो । साथै उक्त कार्यक्रममा यस बिद्यालय लामो समय देखि कार्यगरि अयन्त्र पदस्थापन हुनु हुने यादबराज बराल उतम लामिछाने र कौशल्या दहाललाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*