पुष १३ हेटौंडा,
मकवानपुरको हेटौंडा अस्पतालमा विगत नौ वर्ष देखि अलपत्र अवस्थामा रहेको भेन्टिलेटर सञ्चालनमा आएको छ । नौ वर्ष अगाडी १६ लाख रुपैयाँमा खरिद गरेपनि थन्कीएर वसेको भेन्टिलेटर सञ्चालनमा ल्याइएको हो ।
भेन्टिलेटर सञ्चालनमा आएसंगै अव एक वेड भनेपनि आईसीयु पनि सञ्चालनमा आएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले वताउनुभयो ।
नौ वर्ष अगाडी खरिद गरिएको दुईवटा भेन्टिलेटर मध्यमा एउटा मात्र सञ्चालनमा ल्याउन सकिएको वताउँदै उहाँले भन्नुभयो–‘एउटा भेन्टिलेटर विग्रीएर धेरै समस्या ग्रस्थ भएकाले सञ्चालनमा ल्याउन सकेनौ । एउटालाई मर्मतपछी सञ्चालनमा ल्यायएको हो । भेन्टिलेटर भएपछी अव आइसीयु सञ्चालन गर्न सहयोग पुग्ने भएको छ । तर, एउटा वेडमा मात्र आइसीयु सञ्चालन गर्छौ ।’
आईसीयु सञ्चालनका लागि भेन्टिलेटर नभइ हुँदैन । मेजर खालका अप्रेसन गर्दा भेन्टिलेटर र आइसीयुको आवस्यक्ता पर्ने भएकाले केही हदसम्म सहज भएको डाक्टर श्रेष्ठले वताउनुभयो । अरु केही भेन्टिलेटर प्रदेश सरकारबाट प्राप्त भएमा थप बेडमा तत्काल आइसीयु सञ्चालन गरिने वहाँले वताउनुभयो ।
स्रोत -जनपत्र अनलाईन