
पुस १४ , हेटौँडा
नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा सोमबार मकवानपुरको मार्खु बजार र ईन्द्रसरोवर ताल किनार क्षेत्रमा सरसफाइ गरिएको छ ।
ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष जमानसिं वाइवाले वडा कार्यालयको संयोजनमा सोमबार सरसफाइ गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो स्थानीयको सहभागितामा नेपाल भ्रमण वर्षलाई स्वागत गर्न मार्खु बजार क्षेत्र र ईन्द्रसरोवर तालमा डुङ्गा चढ्ने क्षेत्रमा सरसफाइ गरिएको हो । पर्यटकीय गन्तव्य मार्खुको बारेमा सकारात्मक सन्देश दिन सहभागितामूलक सरसफाई गरेको उहाँले बताउनुभयो । सरसफाइमा जनप्रतिनिधि, नेपाली सेना, कर्मचारी, हेल्थपोष्ट, विद्यालय, सहकारी संस्था, डुङ्गा व्यवसायी संघका प्रतिनिधिलगायत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।


सेयर गर्नुहोस्