भद्रकाली पोलिल्किनिकले नेवारपानिमा स्वास्थ्य शिबिर गर्ने ।

हेटौंडा टुडे
१५ पुष २०७६, मंगलवार १०:५४

पुस १५, हेटौडा

 

लायन्स क्लब अफ मकवानपुर बजार सिल्भर र भद्रकाली पोलिल्किनिक एण्ड फार्मेसी हेटौडाको संयुंक्त आयोजनामा हेटौडा १९ नेवारपानिमा यहि पौष २५ गते निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ ।

महिलाहरुमा देखिने बिभिन्न समस्याहरु मध्ये बिशेष गरि महिलाको यौन रोगसंग सम्बन्धित समस्याहरुको उक्त दिन स्वास्थ चेकजाच गरिने छ । बिशेष गरि महिलाहरुमा सेतो पानि बग्ने , तल्लो पेट दूख्ने , यौन सम्पर्क गर्दा गारो हुने , पाठेघर खस्ने समस्या , पाठेघरको अन्य समस्याहर र पाठेघरको  मुखको क्यान्सरको चेकजाच गरिने छ ।

लायन्स क्लब अफ बजार सिल्भर र भद्रकाली पोलिल्किनिक एण्ड फार्मेसी हेटौडाको संयुंक्त आयोजनामा हुने कार्यक्रमा हेटौडा १९ नक्बर वडा कार्यालय नेवारपानिले सहयोग गर्ने छ । साथै उक्त दिन चेकजाच गर्नको निम्ति स्थानियबासि तथा हेटौडाबासिले १९ नम्बर वडा कार्यालय नेवारपानिमा सम्पर्क राख्न सक्नु हुनेछ । उक्त स्वास्थ्य शिबिरमा हाल नेपाल परिवार नियोजन संघमा कार्यरत एक दशक भन्दा बढि समय महिलाको यौन तथा प्रजनन क्षेत्रमा कार्य अनुभब बटुल्नु भएकि  ममता श्रेष्ठद्धारा चेकजाच तथा परामर्श दिईने छ ।

हेटौडा उपमहानगरपालिका भित्रको क्षेत्र भए पनि हेटौडा १९ नेवारपानिमा अहिले सम्म कुनै पनि स्वास्थ्य शिबिर नभएको जानकारि पाए पछि आफुहरु त्यस स्थानमा स्वास्थ्य शिबिर गर्न लागेको भद्रकाली पोलिल्किनिक एण्ड फार्मेसी हेटौडाकि सञ्चालिका नेहा झा ले हेटौडा टुडेलाई जानकारि दिनुभयो । सामान्यतया महिलाहरु घरभित्रको काममा मात्र सिमित हुने गरेको र यौनसंग सम्बन्धित रोगहरु आफुमै लुकाएर राख्ने र आफ्ना समस्याहरु घरभित्रका सदस्यहरुलाई समेत भन्न लजाउने र डराउने गरेको परिप्रेक्ष्यमा महिलाहरुमा देखिने पाठेघरको क्यान्सर चेक जाच गर्न लागेको झा ले जानकारि दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*