शिवम् सिमेन्टको रोलर प्रेसमा परेर मजदुरको मृत्यु

हेटौडा टुडे
१६ पुष २०७६, बुधबार १३:३३

१६ पुष ,मकवानपुर

हेटौंडा उपमहानगरपालिका वडा नं १६ स्थित हटियामा रहेको शिवम् सिमेन्ट उद्योगमा कार्यरत एकजना मजदुरको ज्यान गएको छ । उद्योगमा काम गर्ने क्रममा  रोलर प्रेसमा परेर एकजना मजदुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उद्योगमा कार्यरत ३५ वर्षिय राजन चौलागाईँको रोलर प्रेसमा परेर ज्यान गएको प्रहरी जनाएको छ । रोलर प्रेसमा परेर गम्भीर घाइते बनेका चौलगाईँको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको ।

प्रहरी निरीक्षक अमरप्रसाद गजमेरको कमाण्डमा टोली घटनास्थलमा पुगेको बताइएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  मृतक चौलागाईँको घर कैलाली जिल्लाको मशुरिया गाउँपालिका वडा नं ५ मा रहेको बुझिएको छ ।

स्रोत :नवयुग डटकम 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*