२१ किलो लागुऔषध गाँजासहित २ जना पक्राउ

हेटौडा टुडे
२० पुष २०७६, आईतवार १३:५८

पौष २० हेटौडा,

जिल्ला प्रहरी कार्यालय मकवानपुरले २१ किलो लागुऔषध गाँजा र कार सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार चालक धनुषाको मुखियापट्टी गाउँपालिका वडा नम्बर ६ का ४२ बर्षीय अशोककुमार यादव र मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ का ४० बर्षीय राजकुमार मोक्तान रहेका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानि स्थित प्रहरी नायब निरीक्षक राजेश कुमार यादवको कमाण्डमा भएको चेकजाँचका क्रममा मनहरीतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बि आर०६बि जि ९५१२ नम्बरको कारको डिग्गीमा ५ वटा प्याकेटमा गाँजा बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताए ।

प्रहरीले बरामद गरेको गाँजा र पक्राउ परेका दुईजनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।उनिहरुलाई कानूनी प्रावधान अनुसार लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय २ वर्ष देखि १० वर्ष सम्म कैद र १५हजार देखि १ लाख
रुपैयासम्म जरिवाना तथा सवारी साधन समेत जफत हुने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*